Thursday, March 9, 2017

शिव मानसपूजा स्तोत्र - नेपाली भावानुवाद

– भावानुवाद  मुरारीराज मिश्र

हे दीनबन्धु, दयानिधे, हे देव पशुपतिनाथ ।
गर्न बसेँ म पूजा तिम्रो, छैन सामाग्री साथ ।।
रुप सम्झदैँ मनले तिम्रो, भक्ति गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।१।।
 
तिम्रो लागि स्वर्ण सिँहासन, मनमै कल्पी बनाएँ ।
शीतल हिमालयको जलले, तिम्रो स्नान गराएँ ।।
रत्न जडेको बस्त्राभूषण– पहि¥याउन ल्याएँ प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।२।।

शुद्ध श्रीखण्ड र कस्तुरी हाली , चन्दन लेप बनाएँ ।
अनेकन पुष्प र बेलपत्रको, पुष्पाञ्जलि चढाएँ ।।
धूप, दीप सहित शङ्ख बजाई, आरती गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।३।।

शिव–पञ्चाक्षर स्तोत्रको नेपाली भावानुवाद

– भावानुवाद  मुरारीराज मिश्र
नागको हार घाँटीमा, तीन्वटा छन् नयन पनि ।
घसेर अङ्गमा भष्म, दिगम्वर भै–रहने उनी ।।
संधै शुद्ध अविनाशी, भोलेनाथ महेश्वर ।
 “न” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।
मन्दाकिनी नदीजलले, गर्छन् स्नान संधै भरी ।
पूजा हुंदा चढाईन्छ, चन्दन, पुष्प थरी–थरी ।।
प्रथमगण–नन्दीका स्वामी, अधिपति महेश्वर ।
“म” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।।

गायत्री महाविद्याका २४ देवताहरु


गायत्री - ॐ भूर्भूवः स्वः तत् सवितुर्वरेण्यं: भर्गाे देवस्य धीमहि । धियो योः नः प्रचोदयात् ।

गणेश गायत्री - ॐ एक दन्ताय विद्महे, वक्रतुण्डाय धीमहि । तन्नो बुद्धिः प्रचोदयात् ।

नृसिंह गायत्री - ॐ उग्रनृसिंहाय विद्महे, वज्रमखाय धीमहि । तन्नो नृसिंहः प्रचोदयात् ।

बिष्णु गायत्री - ॐ नारायणाय विद्महे, वासुदेवाय  धीमहि । तन्नो बिष्णुः प्रचोदयात् ।

शिव गायत्री - ॐ तत्पुरुषाय विद्महे, महादेवाय  धीमहि । तन्नो रुद्र:  प्रचोदयात् ।