Friday, August 31, 2012

सद्ध भजन - भलो गर भगवान सबैको भलो गर

भलो गर भगवान सबैको भलो गर २
दाता दया निधान सबैको भलो गर २
भलो गरSSS  भलो गरSSS
भलो गर भगवान सबैको भलो गर

तिमि हौ माता पिता तिमि नै २
यो जगत चल्छ तिम्रो छायाँ मै २
हामी तिम्रो सन्तान सबैको भलो गर
भलो गर भगवान सबैको भलो गर
भलो गरSSS  भलो गरSSS
भलो गर भगवान सबैको भलो गर

यो दुनियाँको तिमि नै प्यारो २
सबहौँ तिम्रो तिमि नै हाम्रो २
सकल जगतको प्यारो सबैको भलो गर
भलो गर भगवान सबैको भलो गर
भलो गरSSS  भलो गरSSS
भलो गर भगवान सबैको भलो गर

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

दश-अवतार भजन

भज मन नारायण रघुवर गोविन्दम्
प्रथम अवतार प्रभु मत्स्यरुप धारणम् ।
शंख चक्र गदा पद्म शंखासुर छेदनम्
भज मन नारायण .........

द्वितीय अवतार प्रभु कच्छपरुप धारणम्
सुर असुर सहाय भए मन्दराचल धारणम्
भज मन नारायण ..................

तृतीय अवतार प्रभु वराहरुप धारणम्
दैत्य हिरण्याक्ष मारी वेद पृथ्वी पालनम् ।
भज मन नारायण ..................

चतुर्थ अवतार प्रभु नृसिंह रुप धारणम्
खम्बा फोरी प्रकट भए भक्तवाल रक्षणम् ।
भज मन नारायण ..................

पञ्चम अवतार प्रभु वामनरुप धारणम्
तीन पाद पृथ्वी लिए भक्त बलि तारणम् ।
भज मन नारायण ..................

षष्टम अवतार प्रभु परशुराम रुप धारणम्
क्षेत्री सव नाश भए धर्म प्रति पालनम् ।
भज मन नारायण ..................

सप्तम अवतार प्रभु श्रीराम रुप धारणम्
गृह त्यागी वनवासी भए रावणादी मारणम् ।
भज मन नारायण ..................

अष्टम अवतार प्रभु श्रीकृष्ण रुप धारणम्
वाल केली बहुत भए कंसासुर छेदनम् ।
भज मन नारायण ..................

नवम अवतार प्रभु बुद्ध रुप धारणम्
नष्ट धर्म प्रकट भए साधुजन पालनम् ।
भज मन नारायण ..................

दशम अवतार प्रभु कल्की रुप धारणम्
म्लेक्ष सव ध्वंस भए धर्म प्रतिपालनम् ।
भज मन नारायण रघुवर गोविन्दम्  ...........

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

कृष्ण भजन - हे कृष्ण हजुरलाई सम्झेर

हे कृष्ण हजुरलाई सम्झेर गाउछौँ भजन मन्दिरमा बसेर  २
भँद्र महिना कृष्ण पक्ष अष्टमिका दिन
कृष्णजीको जन्मभयो कंश कारागारमा    २
जन्मभयो प्रभुजीको मध्य आधा रातमा
माता पिता मात्र थिए हजुरका साथमा     २
तेति बेर कोही थिएन साहारा माताजी लाई लगा देउ लौ पार २

हे कृष्ण हजुरलाई सम्झेर गाउछौँ भजन मन्दिरमा बसेर  २
जान लागे बसुदेव बोकि कृष्ण लाई
निद्रा ज्यादै पर्न गयो ढोका पाले लाई २
ढोका खुले उज्यालो भो जान लागे तब
कस्ट नपाई बसुदेव गोकुल पुगे तब  २
गोकुल लागे कृष्णजी बोकेर आमा रुन्छिन मुहार छोपेर  २

हे कृष्ण हजुरलाई सम्झेर गाउछौँ भजन मन्दिरमा बसेर  २

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

कृष्ण भजन - धुन बज्यो धुन बज्यो

धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्  
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्

संसार हेर्ने आखाँलाइ छेक्यो जालैले
जान्न जान्न भन्दा भन्दै लान्छ कालैले
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्  
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्

जैले हामीलाइ हतार हतार जैले हामीलाई काम
मर्ने बेला भैसक्यो कहिले जप्ने राम
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्  
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्

संसारको रङ्गी चङ्गी दुई दिनलाई 
भजन कीर्तन गर्नुपर्छ मेरा साथिभाई
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्  
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्

धुन सुन्दा वंशीको चञ्चल हुन्छ मन 
चञ्चल मनले घरैमा कसरि बस्ने झन्
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्  
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्
 
संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

कृष्ण-महादेव भजन - आय महादेव गोकुलमा

आय महादेव गोकुलमा,  श्रीकृष्णको दर्शन गर्न  २
हात कमण्डलु काध त्रिशुल,  अलख जगाय गोकुलमा २
आय महादेव गोकुलमा,  श्रीकृष्णको दर्शन गर्न  २
कहाँबाट आय दिगम्बर जोगि, हाम्रो बालख डरायो
श्रीकृष्णको दर्शन गर्न  आय, महादेव गोकुलमा
श्रीकृष्णको दर्शन गर्न,  आय महादेव गोकुलमा

थालभरि भरि कन्चन माला, थापहै जोगि झोलीमा
श्रीकृष्णको दर्शन गर्न  आय, महादेव गोकुलमा 
श्रीकृष्णको दर्शन गर्न  आय, महादेव गोकुलमा 

तिम्रो भिक्षा हामी लिने छैना, लैजाउ यशोदा दरबारमा
श्रीकृष्णको दर्शन गर्न  आय, महादेव गोकुलमा 

तिम्रो छोराको दर्शन गरेर,  चलि जाउला कैलाशमा
श्रीकृष्णको दर्शन गर्न  आय, महादेव गोकुलमा

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

नारायण भजन - नारायण, नारायण, नारायण

नारायण, नारायण, नारायण
नारायण नारायण नारायण

हरि नारायण, हरि नारायण
हरि नारायण नारायण नारायण

मत्स्य नारायण कच्छप नारायण,
बराह  नारायण नारायण नारायण

नृरसिंह नारायण बाम नारायण
परशु नारायण नारायण नारायण

राम नारायण कृष्ण नारायण
बुद्ध नारायण  नारायण नारायण

कल्कि नारायण नर नारायण
विश्व नारायण नारायण नारायण

श्रीमद् नारायण भागवत् नारायण
सत्य नारायण नारायण नारायण

ब्रम्हा नारायण बिष्णु नारायण
महेश्वर नारायण नारायण नारायण

हरि नारायण, हरि नारायण
हरि नारायण नारायण नारायण

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

हरी भजन - मुकुन्द माधव गोविन्द बोल

 मुकुन्द माधव गोविन्द बोल 
केशव माधव हरि हरि बोल  २
हरि हरि बोल हरि हरि बोल
हरि हरि बोल बोल हरि बोल
मुकुन्द माधव गोविन्द बोल 
केशव माधव हरि हरि बोल  २
राम राम बोल राम राम बोल
राम राम बोल सिताराम बोल

मुकुन्द माधव गोविन्द बोल 
केशव माधव हरि हरि बोल  २
बिष्णु बिष्णु बोल बिष्णु बिष्णु बोल
बिष्णु बिष्णु बोल बोल बिष्णु बोल

मुकुन्द माधव गोविन्द बोल 
केशव माधव हरि हरि बोल  २
शिव शिव बोल शिव शिव बोल
शिव शंकर बोल गौरी-शंकर बोल
मुकुन्द माधव गोविन्द बोल 
केशव माधव हरि हरि बोल  २
श्याम श्याम बोल श्याम श्याम बोल
श्याम श्याम बोल राधे श्याम बोल

मुकुन्द माधव गोविन्द बोल 
केशव माधव हरि हरि बोल  २
हरि हरि बोल हरि हरि बोल 

संकलक : आबिष्कार
(यो भजन पशुपतिनाथ पेरिसरमा नित्य बिहान गाइन्छ । )

हरी भजन - भजौँ हरीलाइ

भजौँ हरीलाइ भजौँ हरीलाई   
एकदिन होइन दुईदिन होइन सधैँ भरिलाई

रामका चरणमा रामका चरणमा   
लागि रहोस योमन गुरु चरणमा

जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ  
नाचदै गाउदैँ रमाउदै जाउँला वैकुण्ठ

यो पनि रामको त्यो पनि रामको
सारा संसार रामको म पनि रामको

सधैँ भन्छौ काम सधैँ भन्छौ काम
कैले काहि भज्ने गरौँ राम कृष्णको नाम
भजौँ हरीलाइ भजौँ हरीलाई   
एकदिन होइन दुईदिन होइन सधैँ भरिलाई

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

कृष्ण भजन - कृष्ण मुरारी सुदर्शन धारी

कृष्ण मुरारी सुदर्शन धारी,
मुरली बजाउने प्रभु कहाँ छौ  २
मध्यरातमा मथुरा छाडी,
संसार चिनाउने प्रभु कहाँ छौ  २
कृष्ण मुरारी .......

गोपको लागि गोवरधन धारी,
भक्तको प्रेमी प्रभु कहाँ छौ २   
कृष्ण मुरारी .......

भक्तसुदामा साथी बनाई,
प्रेम चिनाउने प्रभु कहाँ छौ २   
कृष्ण मुरारी .......

बिदुरको साग खुसीले खाइ,
त्याग बुझाउने प्रभु कहाँ छौ २    
कृष्ण मुरारी .......

द्रौपदीको लाज वचाउने,
भक्तको रक्षक प्रभु कहाँ छौ २   
कृष्ण मुरारी .......

महाभारतको प्रपन्च गरी,
लिला देखाउने प्रभु कहाँ छौ २   
कृष्ण मुरारी .......

गीताको ज्ञान जगतलाई दिइ,
मुक्ति देखाउने प्रभु कहाँ छौ २   
कृष्ण मुरारी .......

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

राधे-कृष्ण भजन - अनाथ नाथ दीन वन्धु, राधे गोविन्द

राधे राधे राधे राधे, राधे गोविन्द
वृन्दाबन चन्द (२) ।
अनाथ नाथ दीन वन्धु, राधे गोविन्द ।।

नन्द कुमार नवनित चोर, राधे गोविन्द,
वृन्दावन चन्द (२) ।
अनाथ नाथ दीन वन्धु, राधे गोविन्द ।।

पुराण पुरुष पुण्य श्लोक, राधे गोविन्द,
वृन्दावन चन्द (२) ।
अनाथ नाथ दीन वन्धु, राधे गोविन्द ।।

पण्डरी नाथ पाण्डु रङ्ग, राधे गोविन्द
वृन्दावन चन्द (२) ।
अनाथ नाथ दीन वन्धु, राधे गोविन्द ।।

जय जय विठ्ठल, जय हरि विठ्ठल, राधे गोविन्द
वृन्दावन चन्द ।
अनाथ नाथ दीन वन्धु, राधे गोविन्द ।।

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

कृष्ण भजन - आउन कृष्ण बसन हाम्रो मनैमा

आउन कृष्ण बसन हाम्रो मनैमा,
न जाउ कृष्ण छोडेर बृन्दाबनैमा ।  
आउन कृष्ण ¬...

कृष्ण तिम्रो वंशीले छेड्यो हाम्रो मन् , 
घर छोडी आयौ“ हामी तिम्रै बृन्दावन् ।
आउन कृष्ण ¬...

मधुर मधुर मुरलीको स्वर पुग्यो मनमा,
घर छोडि गोप बाला गय बृन्दावनमा ।
आउन कृष्ण ...

कृष्ण तिम्रो सम्मmना कहिल्यै नछुटोस् ,
प¥यौं हामी शरणमा भक्ति न छुटोस् ।
आउन कृष्ण ...

यशोदा माई घरमा गोपि बनमा,
गोपवाला गोठमा कृष्ण मनमा ।
 आउन कृष्ण ...

नाच्दै गर्छन् बछडा चर्दै गर्छन् गाई,
राम कृष्ण देखिए खेलौं दाजु भई ।     
आउन कृष्ण ...

श्री कृष्ण भगवान की .........जय ।।

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

पशुपतीनाथ भजन - पशुपति मन्दिर मनै हरर

पशुपति मन्दिर मनै हरर, 
सुन चाँदी जडेको शिव दरबार
ज्योति रुप पशुपति ज्योति झलल,
काखैमा बागमती बगिन सलल ... ... ... २

मन्दिरको चारै ढोका पाँच मुख भएका,
दिगम्बर भोलेबाबा विराजमान भएका
नागमाला हातमा त्रिशूल डमरु बजाउन,
सारा देवी–देवताले आराधना गाउने ... ... २
पशुपति मन्दिर मनै हरर,
सुन चाँदी जडेको शिव दरबार
ज्योति रुप पशुपति ज्योति झलल,
काखैमा बागमती बगिन सलल ... ... ... २

रुद्र शङ्कर भोलेबाबा निलकण्ठ नाम,
जगतमा उत्तम तीर्थ पशुपति धाम
जय देव महादेव जय भोलेबाबा,
पशुपतिनाथ जय पशुपतिनाथ ... ... ... २
पशुपति मन्दिर मनै हरर,
सुन चाँदी जडेको शिव दरबार
ज्योति रुप पशुपति ज्योति झलल,
काखैमा बागमती बगिन सलल... ... ... २

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

शिव भजन - शङ्कर भोले बम् बम् बम्

शङ्कर भोले बम् बम् बम्   २
दर्शन गर्न पशुपति जाउ  २

बागमति तिरमा शिवको धाम
पशुपति नाथ आहै क्या राम्रो नाम
बेलपत्र लिएर दर्शन जाउँ
भोगन गरेर परसाद खाउँ
बम् बम् बम् बम् बम् बम्
शङ्कर भोले बम् बम् बम्, दर्शन गर्न पशुपति जाउँ

हरिहर मन्दिर देवी घाटैमा
नमः शिवाय जपि जाउँ  है बाटैमा
शिवजीको धाम कालीसंगम तिर
इच्छा पुरा हुन्छन् सबै नमान है पिर
बम् बम् बम् बम् बम् बम्
शङ्कर भोले बम् बम् बम्, दर्शन गर्न देब घाट जाउँ

कालिगङ्गा तिरैमा शङ्कर बसेका
शिरमा छन् चन्द्रमा र भष्म घसेका
बिराट शालिग्रामको दर्शन पाउँ
गण्डकि नुवाउन सेती बेणि जाउँ
बम् बम् बम् बम् बम् बम्
शङ्कर भोले बम् बम् बम्, दर्शन गर्न सेती बेणी जाउँ

बिषपान गरेर सृष्टी बचाए
दुष्ट र पापी लाइ दिन्छन सजाय
डम्मरु बजाएर नृत्य गरेका
असंख्य भक्तहरु शरण परेका
बम् बम् बम् बम् बम् बम्
शङ्कर भोले बम् बम् बम्, दर्शन गर्न त्रिबेणि मा जाउँ

दर्शन गर्न पशुपति जाउँ, दर्शन गर्न देब घाट जाउँ
दर्शन गर्न सेती बेणी जाउँ
दर्शन गर्न मुक्तिनाथ जाउँ

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

पशुपतीनाथ भजन - मेरो ध्यान पशुपतिको शरण

मेरो ध्यान पशुपतिको शरण,
अहा, मेरो ध्यान गुह्येश्वेरीको शरण
अहा, मेरो ध्यान नारायणको शरण ।।

पूर्व दिशामा सूर्यविनायक,
बागमति गङ्गा बहाए  — २
मेरो ध्यान पशुपतिको शरण,
अहा, मेरो ध्यान गुह्येश्वेरीको शरण
अहा, मेरो ध्यान नारायणको शरण ।।

पश्चिम दिशामा अशोक विनायक
बिष्णुमति गङ्गा बहाए — २
मेरो ध्यान पशुपतिको शरण,
अहा, मेरो ध्यान गुह्येश्वेरीको शरण
अहा, मेरो ध्यान नारायणको शरण ।।

उत्तर दिशामा रक्तविनायक
रुद्रमति गङ्गा बहाए — २
मेरो ध्यान पशुपतिको शरण,
अहा, मेरो ध्यान गुह्येश्वेरीको शरण
अहा, मेरो ध्यान नारायणको शरण ।।

दक्षिण दिशामा जल विनायक
मनमति गङ्गा बहाए — २
मेरो ध्यान पशुपतिको शरण,
अहा, मेरो ध्यान गुह्येश्वेरीको शरण
अहा, मेरो ध्यान नारायणको शरण ।।

चारै दिशामा चार विनायक
हरहर पाप वहाय — २
मेरो ध्यान पशुपतिको शरण,
अहा, मेरो ध्यान गुह्येश्वेरीको शरण
अहा, मेरो ध्यान नारायणको शरण ।।

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

पशुपतीनाथ भजन - पशुपतिको मन्दिरमा चारढोका चाँदिको

पशुपतिको मन्दिरमा चारढोका चाँदिको , चारढोका चादिको
दर्शन गरौँ  आरति गरौँ  खुल्छ ढोका माथिको

दक्षिण मुख अघोर हुन् घोर पाप हर्छन्
सद्योजात पश्चिम मुख सबै दु:ख नास्छन्

उत्तर मुख वामदेव गौरि साथमा राख्छन्
पूर्व मुख तत्पुरुष जीवन सफल पार्छन्

उध्र्वमुख परब्रम्ह इशान हो नाउँ
पञ्चमुखको आरती गरी संसार पारि जाउँ ।।

पशुपतिको मन्दिरमा चारढोका चाँदिको
दर्शन गरौँ  आरती गरौँ  खुल्छ ढोका माथिको

पशुपतिको परिक्रमा सधैँ भरि गराँै
दक्षिण बाट पश्चिम हुँदै उत्तर तर्फजाउँ

वामदेवको दर्शन गरि पश्चिम तर्फ फर्कौँ
पश्चिम बाट दक्षिण हुँदै पृ्र्व दर्शन गरौँ

पृ्र्व बाट उत्ततर गई दक्षिण तर्फ फर्कौँ
दर्शन गरौँ  ईशानको जीवन सफल पारौं

पशुपतिको मन्दिरमा चारढोका चाँदिको
दर्शन गरौँ आरती गरौँ खुल्छ ढोका माथिको ।।

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

शिव भजन - ॐ नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
रामेश्वराय शिव रामेश्वराय, हर हर भोले नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
गङ्गा धराय शिव गगा धराय, हर हर भोले नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
जटा धराय शिव जटा धराय, हर हर भोले नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
सोमेश्वराय शिव सोमेश्वराय, हर हर भोले नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
विश्वेश्वराय शिव विश्वेश्वराय, हर हर भोले नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
कोटेश्वराय शिव कोटेश्वराय, हर हर भोले नमः शिवाय

ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय
ॐ नमः शिवाय ॐ नमः शिवाय, हर हर भोले नमः शिवाय

संकलक : आबिष्कार 

गणेश भजन - पहिलो पूजा गर्ने इच्छा

देउन दर्शन गणेश देव देउन दर्शन देउ   २ 
पहिलो पूजा गर्ने इच्छा छिट्टै पुर्याई देउ     २

बिहानी भयो घाम आए पंक्षिले कीर्तन गाय  २
भक्तहरु थाली लिइ मन्दिरमा धाए प्रभु मन्दिरमा धाए  २

देउन दर्शन गणेश देव देउन दर्शन देउ   २ 
पहिलो पूजा गर्ने इच्छा छिट्टै पुर्याई देउ     २

शंख बज्यो घण्ट बज्यो मृदङ्गको ताल     २   
बिभोर भइ नाच्दा नाच्दै थाकि सक्यो हाल प्रभु थाकि सक्यो हाल  ।   

देउन दर्शन गणेश देव देउन दर्शन देउ   २
पहिलो पूजा गर्ने इच्छा छिट्टै पुर्याई देउ     २

वाहन तिम्रो सानो मुसा भारी तिम्रो जिउ  २
त्यसैले पो ढिला भोकि पार्यौ  तिम्ले निउँ प्रभु  पार्यौ  तिम्ले निउँ ।  २

देउन दर्शन गणेश देव देउन दर्शन देउ    ३
पहिलो पूजा गर्ने इच्छा छिट्टै पुर्याई देउ      ३
(यो भजन हरेक आईतवार बिहान हिन्दू धर्म सर्कलमा गाइन्छ । हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो । )

संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)

HDC :  हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
               Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.

Wednesday, August 22, 2012

शिव भजन - पशुपतीनाथ - हे भोलेनाथ शंकर

हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर
गलामा हार नागको नित्य पहिरीबक्सने
माथमा छ नाथको चन्द्रमा सुहाउने
भज्छु मुग्ध कण्ठले, नाम हे दिगंबर ।।

हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर 
एक ब्याध्र चर्मले ढाकी अर्ध अंगमा
समुद्रको तरंग झैं उफ्री घुम्ने विश्वमा
ज्ञान वैरग्यको रंग लिई निलाम्बर ।।

हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर
डमरू त्रिशुल हाथमा भुत गण, लिई साथमा
रमेर नाचीबक्सने विभुती घसी गाथमा
त्रिनेत्र धारी विश्वमा विना हजुर को छ र ।।

हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर
नाश गरी दक्ष र दुष्ट कामदेवको
रक्षा गर्ने भक्तको दाँया नै ठुलो नाथको
अती बयान के गरुँ सामर्थ्य मेरो के छ र ।।

हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर
विष,भांग,धतुरोको अमृतरस पान गरी
राखी बाम काखमा पार्वती संधै भरी
राज हुने शम्शानमा नाम धारी महेश्वर ।।

हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर
काम,क्रोध,लोभ,मोहको तलाउमा
पौडिरहेछु हे प्रभु डुब्न बाँकी बिचमा
अंगअंगको भयो चाल मेरो सुस्तरी
हे भोलेनाथ शंकर, दु:ख कष्ट सब हर ,हे भोलेनाथ शंकर ।।

(यो भजन पशुपतीनाथको साँझ आरतीमा पूर्व ढोका अगाडि गाइन्छ ।)

संकलक: आबिष्कार 

शिव भजन - पशुपतिनाथ - जय शिव शंकर भोला

जय शिव शंकर भोला प्रभु शिव शंकर भोला
त्रिभुवन स्वामी अन्तर्यामी - २
शरण सदा लिनुहोला, जय शिव शंकर भोला ।।

चन्द्र मुकुटमा झलमल गर्ने शिरमा निर्मल गंगा - २
करमा दिमि-दिमी डमरू बजेको गाथ मनोहर गंगा - २
जय शिव शंकर भोला, शरण सदा लिनुहोला ।।

बाम काखमा ललिता गौरी कटिमा मृगपती छाला - २
नागहरुका बाजु र बाला नागैका सब माला - २
जय शिव शंकर भोला, शरण सदा लिनुहोला ।।

तीन नजरमा तीन थरी ज्योति जगमग गर्दछ भारी - २
हर घडी हाजिर चरणकमलमा ब्रह्मा ईन्द्र मुरारी - २
जय शिव शंकर भोला, शरण सदा लिनुहोला ।।

जानी नसक्नु महिमा प्रभुको ॠषि मुनिले तक सारा - २
पाउँ शरण भनी झुकी झुकी धेरै भक्तले गर्दछ पुकारा - २
जय शिव शंकर भोला, शरण सदा लिनुहोला ।।

(यो भजन पशुपतिनाथ मन्दिरमा साँझ आरतीको बेला पूर्व ढोका अगाडि गाइन्छ ।)

संकलक : आबिष्कार

Saturday, August 11, 2012

शिव भजन - पशुपतीनाथ - शिव प्रभुको सम्झना

शिव प्रभुको सम्झना शंकर प्रभु को सम्झना कहिले नछुटोस गर्छु काम जे छ जती छ भक्त्ती न छुटोस,
चित्त ब्रिती सबै झुकी पाउमा रहोस्
भुल कसुर जे छ जती माफ नै रहोस्
नाश गर पाप मेरो जन्म जन्मको
पुनर्जन्म न देउ फेरी विश्व बिचमा
हे नाथ लगोस बिनती मेरो यही छ हजुरमा ।।

शिव प्रभुको सम्झना शंकर प्रभु को सम्झना कहिले नछुटोस गर्छु काम जे छ जती छ भक्त्ती न छुटोस,
ममता घमण्ड सबै त्यागी नम्र भावले
दिल माथि रहन सकुं सारा प्रेमले
प्राणी मात्रलाई देखुं आफु सम्झना
शिव रुपी राख्न सकुं मनमा धारणा ।।

शिव प्रभुको सम्झना शंकर प्रभु को सम्झना कहिले नछुटोस गर्छु काम जे छ जती छ भक्त्ती न छुटोस,
मर्ने बेला प्राण कंठमा आउंदा पनि
हृदय देखी भन्न सकुं शिव नै भनी
माया मोह देखी मेरो दिलमा यो छुटोस
शिव शिव भज्दा भज्दै प्राण यो छुटोस ।।

शिव प्रभुको सम्झना शंकर प्रभु को सम्झना कहिले नछुटोस गर्छु काम जे छ जती छ भक्त्ती न छुटोस, 
रात दिन साँझ बिहान सम्झदै हरी
काल बितोस आठै प्रहर भजनै गरी  
शिव प्रभुको सम्झना शंकर प्रभु को सम्झना कहिले नछुटोस गर्छु काम जे छ जती छ भक्त्ती न छुटोस।।

(यो भजन हरेक साँझ पशुपतिनाथ मन्दिरको आरतीमा गाईन्छ । )

संकलन - आबिष्कार 

Thursday, July 19, 2012

कृष्ण भजन - पशुपतीनाथ - जय मनमोहन जय मुरलिधर

(जय मनमोहन जय मुरलिधर राधापती नन्दलाल
भजमन कृष्ण हरी गोपाल भजमन कृष्ण हरी गोपाल) --2

हामी दुखी जीवन हाम्रो --2
प्रभु छन दिनदयाल, भजमन कृष्ण हरी गोपाल
(जय मनमोहन जय मुरलिधर राधापती नन्दलाल
भजमन कृष्ण हरी गोपाल भजमन कृष्ण हरी गोपाल) --2

तन-मन-धन ले निर्मल मनले --2
छोडि कपट जनजाल, भजमन कृष्ण हरी गोपाल
(जय मनमोहन जय मुरलिधर राधापती नन्दलाल
भजमन कृष्ण हरी गोपाल भजमन कृष्ण हरी गोपाल) --2

भक्तहरुको पालन गरने --2
दुष्टहरुको काल , भजमन कृष्ण हरी गोपाल
(जय मनमोहन जय मुरलिधर राधापती नन्दलाल
भजमन कृष्ण हरी गोपाल भजमन कृष्ण हरी गोपाल) --2

(यो भजन हरेक साँझ ,पशुपती मन्दिरमा,बासुकी मन्दिरको आरतीमा गाईन्छ )

संकलन - आबिष्कार

Wednesday, July 11, 2012

शिव भजन - पशुपतीनाथ - शिव शिव जप मन

शिव शिव जप मन लाउँ सदा शिव
हरिहर जप मन लाउँ ।। --२

शिश जटामसी बदनसहाय
त्रिनयन शोभित बिभुत लगाय शिव ।।
शिव शिव जप मन लाउँ सदा शिव
हरिहर जप मन लाउँ ।।

बघम्बर डमरू बजाय शिव
भाङ धतुरोको फौंक लगाय शिव ।।
शिव शिव जप मन लाउँ सदा शिव
हरिहर जप मन लाउँ ।।

नाचत हरपल बुढो साँढे चढे शिव
गौरी गणेश सदा शिव हरिहर ।।
शिव शिव जप मन लाउँ सदा शिव
हरिहर जप मन लाउँ ।।

शरण पशुपती कहतक बीर
चारौं पदारथ अम्बर दिव्य शिव ।।
शिव शिव जप मन लाउँ सदा शिव
हरिहर जप मन लाउँ ।।

अनन्त गिरिजाधिश कि जय !!

(यो भजन पशुपतीनाथमा बिहान गाइन्छ )

संकलन - आबिष्कार

कृष्ण भजन - पशुपतिनाथ - कृष्ण काले नक्कले

कृष्ण काले नक्कले नकल नपार
सोह्र सय गोपिनिको आँसु नझार ।।

व्रिन्दवन्को छेउछाउमा तुलसी रोपौंला
तुलसिको माला गाँसी प्रभुलाई चढाउँला ।।

नजाउ कृष्ण म्याथउरा उतै हराउला
व्रिन्दवनका गाई-बच्छा कस्ले चराउला ।।

चिठ्ठी आयो जानु पर्‍यो मामाको घरैमा
व्रिन्दवनको गाई-बच्छा तिम्रै भरमा ।।

कृष्ण काले नक्कले नकल नपार
सोह्र सय गोपिनिको आँसु नझार ।।

धैर्य गर गोपिनी , रुन्छ मेरो मन
मथुराको कारागारमा बाबा आमा छन ।।

व्रिन्दवनको पात पातमा आँसु झर्दछ
गोपिनिको मन्भित्र गाँठो पर्दछ ।।

कृष्ण काले नक्कले नकल नपार
सोह्र सय गोपिनिको आँसु नझार ।।

भन्नुहोस् मुरली मनोहर मुरारी को जय !!

(यो भजन पशुपतिनाथ मन्दिर पेरिसरमा बिहान गाइन्छ । ) 

संकलन - आबिष्कार

राधा-कृष्ण भजन - पशुपती - छाडेर नजाउ कृष्ण

(छाडेर नजाउ कृष्ण छाडेर नजाउ
विन्द्रवनमा रुवबासी पारेर नजाउ) --२

गोपिहरुले हाथ जोदे आँसु बगाएर --२
कृष्णजिलाई बिन्ती गरे बाटो छेकेर --२
छाडेर नजाउ कृष्ण छाडेर नजाउ
विन्द्रवनमा रुवबासी पारेर नजाउ --२

कंश मामा पापी हुन जानु हुँदैन --२
तिमीलाई चाल्बाजी थाहा हुँदैन --२
छाडेर नजाउ कृष्ण छाडेर नजाउ
विन्द्रवनमा रुवबासी पारेर नजाउ --२

मथुराको हात्तीहरु मत्ताइ राखेर  --२
हजुरलाई कुल्चाइ कुल्चाइ मार्छु भनेर --२
छाडेर नजाउ कृष्ण छाडेर नजाउ
विन्द्रवनमा रुवबासी पारेर नजाउ --२

सातौं भान्जा हत्या गर्ने ज्ञानी हुँदैन  --२
हजुरको ढिपीले जानु हुँदैन --२
छाडेर नजाउ कृष्ण छाडेर नजाउ
विन्द्रवनमा रुवबासी पारेर नजाउ --२
जन्मपछी मृत्‍यु दिन थाहा हुँदैन  --२
यमराजले अन्त्यदिन छाडी जाँदैन --२
ढिपी नगर राधे ढिपी नगर
आज मलाई जान देउ मामाको घर

छाडेर नजाउ कृष्ण छाडेर नजाउ
विन्द्रवनमा रुवबासी पारेर नजाउ --२

राधा-माधव कि जय !!

(यो भजन हरेक बिहान पशुपतिनाथ मन्दिरमा गाइन्छ । यो राधा र माधवको सम्बादमा आधारित भजन हो । )

संकलन - आबिष्कार

भजन - अब अर्पण गर्दछु जीवन यो

त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धु च सखा त्वमेव
त्वमेव बिद्या द्रबिणं त्वमेव 
त्वमेव सर्वम् मम देव देव ।।
हरी ॐ

अब अर्पण गर्दछु जीवन यो सब भार प्रभुको पाउमा
या जित रहोस् या हार रहोस् गरी निश्चय सुम्पे पाउमा ।

मेरो निश्चय यो छ अटल मनमा एकदिन प्रभुलाई म पाउँनेछु
परिवारहरुको आश नलीई यो प्रेम लगाउँछु पाउमा ।

यदी बस्नु परे बसौं जगमा प्रभुको गुण-किर्तन गाइ बसौं
गुण-दोष सबै मेरो अर्पण होस्, सब कर्म प्रभुको पाउमा ।

यदी जनम भए जे म बनौं तर तिम्रो चरणको प्रेमी बनौं
प्रभु-नाम कथा सुनी जीवन यो, हरी नाम कथा सुनी जीवन यो, अब अर्पण गर्दछु पाउमा ।

जबसम्म म बस्दछु विश्वमा, केही आश नलीइकन कर्म गरौं
श्री कृष्ण शरण भनी प्राण छुटोस, श्री राम शरण भनी प्राण छुटोस, श्री कृष्ण हजुरको पाउमा ।

तिमीमा र म मा अब भेद छ यो , म हुँ जिव तिमी परमेश्वर हौ
म छु भक्त तिमी भवमोचक छौ , भनी पर्दछु तिम्रो पाउमा ।

अब अर्पण गर्दछु जीवन यो सब भार प्रभुको पाउमा
या जित रहोस् य हार रहोस् गरी निश्चय सुम्पे पाउमा ।।

श्री राम जय राम जय सिताराम --4
श्री राम जय राम जय राधेशाम ।।

भन्नुहोस् सिताराम कि जय !!

(यो भजन हरेक सन्ध्या पशुपतिनाथ पेरिसरको बासुकीनाथ मन्दिर को आरती हुँदा गाइन्छ । )

संकलन - आबिष्कार

Tuesday, July 10, 2012

कृष्ण भजन - पशुपतीनाथ - माया नमार कृष्ण

माया नमार कृष्ण माया नमार --२
आउ न प्रभु आज मेरो बिन्ती सुनेर --2

माया नमार कृष्ण माया नमार
पर्खि बसें तिमी आउने बाटो हेरेर
आयिदेउ प्रभु बाँसुरिको धुन बजएर --२
माया नमार कृष्ण माया नमार --2

छिट्टै आउ न कृष्ण तिमी कृपा गरेर
मन मेरो चुल्बुल भयो तिमीलाई सम्झेर
भोक छैन प्र्यास छैन तिम्लाई सम्झेर
जाउँ भने कता जाउँ तिमीलाई छाडेर

माया नमार कृष्ण माया नमर --२
भक्तलाई आफ्नो सम्झी भवसागर तारेर
गोठालो भेष गरी आईदिएर
सँगैसँगै नाचिदेउ प्रिती गरेर
माया नमार कृष्ण माया नमार --२
आउ न प्रभु आज मेरो बिन्ती सुनेर --2

मखनचोर कान्हा कि जय !

(यो भजन हरेक बिहान पशुपतिनाथ मन्दिर पेरिसरमा गाइन्छ)

संकलन - आबिष्कार

पशुपतिनाथ भजन - भोलेबाबा नाथ पशुपती

भोलेबाबा नाथ पशुपती --2
तिम्रो शरणमा आएँ बाबा --2

पाप पखाली पुन्य देउ प्रभु
यही आशले आएँ बाबा यही आशले आएँ
गुरु तिमी हौ इश्वर तिमी हौ --2
तिमी नै पलनकर्ता
तुच्छ सेवक भनी जानी अब
पाद कमलमा लेउ शरण अब
एही आशले आएँ

भोलेबाबा नाथ पशुपती
तिम्रो शरणमा आएँ बाबा --2
माता तिमी हौ पित तिमी हौ --2
तिमी नै जीवनधारा
जाउँ कहाँ अब छाडी प्रभुलाई
लाउ शिव यो भवपार
यही आशले आएँ

भोलेबाबा नाथ पशुपती
तिम्रो शरणमा आएँ बाबा --2

बाबा देवादी देब महादेव कि जय !

(यो भजन हरेक बिहान पशुपतिनाथ मन्दिर पेरिसरमा गाइन्छ)

 संकलन - आबिष्कार

पशुपतिनाथ भजन - कस्तो जोगी आयो

कस्तो जोगी आयो --2
भिक्षा दिंदा नलिने, कस्तो जोगी आयो
नन्दजी को आँगनमा अलक जगायो
डिमी डिमी डिमी डिमी डमरु बजायो
कस्तो जोगी आयो

कस्तो जोगी आयो --2
भिक्षा दिंदा नलिने, कस्तो जोगी आयो
साँढे माथि चढेको त्रिशुल भिरेको
शिरको चन्द्रमा चम चम चम्केको
कस्तो जोगी आयो

कस्तो जोगी आयो --2
भिक्षा दिंदा नलिने, कस्तो जोगी आयो
बाघ छाला बेरेको हात्ती छाला ओढेको
अंगभरी बिभुती खरनी घसेको
कस्तो जोगी आयो

कस्तो जोगी आयो --2
भिक्षा दिंदा नलिने, कस्तो जोगी आयो
बालकृष्ण देखेर मुसु मुसु हाँसेको
शिरको गंगाजलले अभिषेक गरेको
कस्तो जोगी आयो

कस्तो जोगी आयो --2
भिक्षा दिंदा नलिने, कस्तो जोगी आयो

बाबा भोलेनाथ कि जय !

(यो भजन पशुपतिनाथ मन्दिर पेरिसर भित्र हरेक बिहान गाइन्छ । )

संकलन - आबिष्कार

पशुपतिनाथ भजन - पशुपतिनाथ बाबा

पशुपतिनाथ बाबा --2
भक्त हितकारी जय होस्
शिवशंकर त्रिपुरारी
ॐ जय होस् शिवशंकर त्रिपुरारी

शिरको जट्मा शोभित गंगा चन्द्रमा लियौ सजाई
गलामा नागको बिषधर माला तनमा भस्मा लगाई
हाथमा त्रिशुल डमरू हाथमा त्रिशुल डमरू
बघम्बर धरी जय होस् 
शिवशंकर त्रिपुरारी
ॐ जय होस् शिवशंकर त्रिपुरारी

पशुपतिनाथ बाबा --2
भक्त हितकारी जय होस्
शिवशंकर त्रिपुरारी
(प्रिय प्रभुलाई भाङ, धतुरो गंगाजल बेलपाती )--2
दु:खहर्ता सुखकर्ता जय होस् पशुपतिनाथ
बिचित्र छ भेष तिम्रो --2
ॐ जय होस् शिवशंकर त्रिपुरारी

पशुपतिनाथ बाबा --2
शिवशंकर त्रिपुरारी
ॐ जय होस् शिवशंकर त्रिपुरारी

बाबा भोले भण्डारी कि जय !

(यो भजन हरेक बिहान पशुपतीनाथ मन्दिर पेरिसरमा गाइन्छ )

संकलन - आबिष्कार

कृष्ण भजन - पशुपतिनाथ - श्री कृष्ण मेरो सब

(श्री कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर ) --2

सुख छैन रत्ती भर छैन यहाँ
मन रुन्छ सधैं प्रभु खोज्नु कहाँ
दुनियाँमा कसैको छैन भर
एक बार मलाई याद गर
(श्री कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर ) --2

कती कारणले सुनशान भयो
किन मलाई छली प्रभु लुक्नु भयो
यो भेद मलाई प्रचार गर
एक बार मलाई याद गर
(श्री कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर ) --2

जिउ गल्छ मेरो दिल जल्छ यहाँ
प्रभुलाई नभेटी ब्याकुल भई
अती कष्ट सहेँ , सब कष्ट हर
एक बार मलाई याद गर
(श्री कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर ) --2

भण्डार दुखिको दयाले भर
मेरो बिनिती सुनी सवारी हवस
प्रभु दर्शन दिई सब पाप हर
एक बार मलाई याद गर
(श्री कृष्ण मेरो सब दु:ख हर
एक बार मलाई याद गर ) --2

ब्रिन्दबन बिहारी मुकुन्द कि जय !

यो भजन पशुपतिनाथ मन्दिर पेरिसरमा हरेक बिहानै गाइन्छ ।

Collector - आबिष्कार

गणेश भजन - पशुपती - शिव गौरीका प्यारा छोरा

शिव गौरीका प्यारा छोरा गणेश तिम्रो नाम
चतुर्बाहु नारायणको दर्शन गर्ने पाउँ

लामो सुँढ ठुलो भुँडी गणेश तिम्रो नाम
ॠद्धीसिद्धी साथमा लिई घुम्छौ शिव धाम

सिन्दूर दुबो लड्डु चडाई भक्तले गर्छन् ध्यान
बिघ्नबाधा हटाउने हो नि तिम्रो काम

गणेश तिम्रो पूजा गर्छौं रखी भक्ती हामी
शिव-गौरीका प्यारा छोरा मंगलका छौ खानी

डम्म परेको ठुलो भुँडी लामो सुँड छ तिम्रो
ठुलो कान छ बाहन मुसो रक्षा गर्छौ सबको

हामी रमाई जय जय गरी तिम्रो पूजा गर्छौं
सिन्दुर दुबो लड्डु चडाई तिम्रै पाउमा पर्छौं

लामो सुँड ठुलो भुँडी गणेश तिम्रो नाम
चतुर्बाहु नारायणको दर्शन गर्ने पाउँ

शिव गौरीका प्यारा छोरा गणेश तिम्रो नाम
चतुर्बाहु नारायणको दर्शन गर्ने पाउँ ।।

गुरु गणपती कि जय !!

(यो भजन हरेक बिहान पशुपतीनाथ मन्दिर पेरिसरमा गाइन्छ )

-आबिष्कार

पशुपती भजन - नाचे नाचे शिवशंकर

(नाचे नाचे शिवशंकर नाचे भोलेनाथ
नाचे नाचे कैलाशबासी भक्तजनको साथ)--2

त्रिशुल डमरू हाथमा लिई गाथमा बाघको छाला
हिरा मोती हैन उनले लाउछन नागको माला

नाचे नाचे शिवशंकर ............2

पशुपती तिम्रो नाम नटवर स्वामी
बाबा तिम्रो शरणमा आएकाछौं हामी

नाचे नाचे शिवशंकर ............2

डमडम डमरू बज्छ सुन कैलाशको वनमा
प्रभु आई बास गर अब हाम्रो मनमा

नाचे नाचे शिवशंकर ............2

बाबा पशुपतीनाथ कि जय !!

(यो भजन पशुपतिनाथ मन्दिरमा हरेक बिहान गाइन्छ ।  )

-आबिष्कार