धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्
संसार हेर्ने आखाँलाइ छेक्यो जालैले
जान्न जान्न भन्दा भन्दै लान्छ कालैले
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्
जैले हामीलाइ हतार हतार जैले हामीलाई काम
मर्ने बेला भैसक्यो कहिले जप्ने राम
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्
संसारको रङ्गी चङ्गी दुई दिनलाई
भजन कीर्तन गर्नुपर्छ मेरा साथिभाई
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्
धुन सुन्दा वंशीको चञ्चल हुन्छ मन
चञ्चल मनले घरैमा कसरि बस्ने झन्
धुन बज्यो धुन बज्यो पक्कै कृष्ण हुन्
नबजाई देउ बाँसुरी रुन्छ मेरो मन्
संकलक : आबिष्कार , Hindu Dharma Circle(HDC-Madison)
HDC : हिन्दू धर्म सर्कल अम्रिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा रहेका हिन्दूहरु को समुह हो ।
Hindu Dharma Circle is a small group of Hindus in Madison, WI USA.
No comments:
Post a Comment
Please Leave me feed Back here as comments . Thank you .